Sagun Khabar
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर-  कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक र जिमुवा जाने बाटो र भीमदत्त नगरपालिका–१७ मझगाउ चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ९९ हजार २६० मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको चिनि, मिश्री, चप्पल, जुत्ता, साईकलका सामान, हाडबेयरका सामान, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update