Sagun Khabar
कैलालीको भासु भीरमा जिप दुर्घटना : २ जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी –कैलालीको भासु भीरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका ५ जना मध्ये उपचारका लागि अस्पताल लैजाँदै गर्दा २ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ । 

कैलालीको चुरे गाउँपालिका– ६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको प्रहरीले जनाएको । यस्तै दुर्घटनामा जोरायल–१ का जीप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे–६ का सुशिल साउद घाइते भएका छन् । 

बुधबार जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ भासु भिरमा प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सडकबाट जीप झण्डै तीन सय मिटर तल खसेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । धनगढीबाट डोटीको गैरा तर्फ गईरहेको जिप दुर्घटनामा परेको हो । 
 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update