बैतडीको दशरथचन्द नगरपालिकामा भोलि स्थानीय सार्वजनिक बिदा
बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले भोलि बुधबारका दिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।
दशरथचन्द नगरपालिका–८स्थित प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा लागेको जात्राको अवसरमा नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
रणशैनी भगवतीको नामले परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन ठूलो जात्रा लाग्ने गर्दछ । यो बर्षको आजदेखि शुरु भएको र भोलि ठूली जात हुने त्रिपुरासुन्दरी मन्दिर क्षेत्र विकास समितिका सचिव गणेशसिंह थापाले बताए ।
त्रिपुरासुन्दरी भगवतीको जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई ध्यानमा राखेर नगरपालिकाले हरेक बर्ष बिदा दिँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३ १६:१६
प्रतिक्रिया दिनुहोस्




