Sagun Khabar
कैलालीमा सेनाको गाडीले ठक्कर दिएकी किशोरीको मृत्यु 

कैलाली – कैलालीमा नेपाली सेनाको गाडीले ठक्कर दिँदा घाइते भएकी एक किशोरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारमा सेनाको गाडीले ठक्कर दिँदा घाइते भएका तीन जनामध्ये एक किशोरीको मृत्यु भएको हो । 

धनगढी उपमहानगरपालिका–११ की १५ वर्षीया विद्या रानाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सो दुर्घटनामा घाइते भएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाइका १७ वर्षीय क्रिस बम र वडा नम्बर ३ का ३४ वर्षीय उमेश कार्कीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था पनि गम्भीर छ । 

Atrya hospital

बुधबार साँझ सेनाको प्रदेश ३–०१ ००१ ग ३७३२ नम्बरको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update