Sagun Khabar
धनगढीमा जुवाडे भगाएको आरोप लागेका पाँच प्रहरी निलम्बित 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –धनगढीमा रकम असुलेर जुवाडे भगाएको आरोप लागेका ५ प्रहरी निलम्बित भएका छन् । उपमहानगरपालिका–३ मिलनचौकस्थित एएफसी होटलमा छापा हान्दै रकम असुलेर जुवाडे भगाएको आरोप लागेपछि ५ प्रहरीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक बिक्रमबहादुर चन्दले जानकारी दिए । 

प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानबिनका लागि गठित टोलीको सिफारिसका पाँच जनालाई निलम्बन गरिएको चन्दले बताए । प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार नैनाचन्द्र धामी, प्रहरी जवान एकेन्द्र खड्का र प्रेमसिंह धामी तथा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद जैसी र रामसिंह कुवँरलाई निलम्बन गरिएको उनले बताए । 

कैलाली प्रहरीले सोही प्रकरणमा जुवा खालबाट भागेका ३ जना जुवाडेसहित जुवा खेलाउने होटल सञ्चालकलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।  
 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update