Sagun Khabar
दार्चुलाको एक मोवाईल सेन्टरमा  चोरी
स्वास्थ्य सन्देश
Atrya hospital

  दार्चुला : दार्चुलाको एक मोवाईल सेन्टरमा गयराति  चोरी भएको छ । विहान करिव २÷३ बजेतिर चोरी गरि चोरले ६५ हजार नगद सहित विभिन्न कम्पनीको मोबाइल गरेर अन्दाजी २ लाख बराबरको समान चारेको पसल संचालक दिलिपसिंह बिष्टले जानकारी बताउनुभयो  । गयराति ठुलो बर्षा भईरहेको र विद्युत पनि  नभएकोले  पसलमा जडान गरिएको सिसिटिभि नचलेको मौका पारि  चोरी गरेको  उहाँले बताउनुभयो ।

 चोरले घरको च्यानल गेटमा लगाएको ताला तोडेर भित्र पसी चोरी गरेको उहाँले बताउनु भयो  । पसलबाट नदग ६५ हजार  एनआइसी एसिया बैंकको एटिएम १ थान , माछापुछ्रे बैंकको एटिएम २ थान एम टु पोको मोबाइल ४ थान, एम थ्री पोको मोबाइल १ थान, भिभो वाइ ट्वान्टी १ थान, २ थान पावर ब्यांक, मर्मतका लागी राखिएका विभिन्न कम्पनीका मोबाइल ३ थान चोरी गरेर लगेको संचालक  बिष्टले बताउनुभयो । 

 चोरी भएको घट्नाबारे प्रहरीमा खबरगरेपछि  जिल्ला प्रहरी कार्यालय दार्चुला बाट घट्ना स्थल खटिएको प्रहरी टोलीले चोरी मुचुल्का उठाएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update