बझाङमा नाबालिगमाथि जबरजस्ती करणीको आरोप, एक युवक पक्राउ
                        
                        
                                                
                                            
                                                                    बझाङ- बझाङ्मा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। मस्टा गाउँपालिका–४ का २२ वर्षीय विवेक उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय बझाङले बिहीबार साँझ पक्राउ गरेको हो।
प्रहरीका अनुसार उपाध्याय जयपृथ्वी नगरपालिका–१०, चैनपुरमा डेरा गरी बस्दै आएका थिए। पीडित बालिकाले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
हाल प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १०:५९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
