बझाङमा भरुवा बन्दुकसहित एकजना पक्राउ
बझाङ–बझाङमा भरुवा बन्दुकसहित एकजना पक्राउ छन् ।
बझाङको मष्टा गाउँपालिका–२ धनातोलीबाट भरुवा बन्दुकसहित ४० वर्षीय राजेन्द्र रोकाया पक्राउ परेका हुन् ।
आइतवार बिहान इलाका प्रहरी कार्यालय मष्टाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर बोहराको कमाण्डमा खटिएको गस्ती टोलीले विशेष गोप्य सूचनाका आधारमा रोकायाको घरमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक फेला पारेको हो ।
उक्त बन्दुक बरामद गरी रोकायालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३ १२:३०
प्रतिक्रिया दिनुहोस्




