Sagun Khabar
बझाङको बुङ्गल नगरपालिकामा पहिरोले दुइ घर पुरिए
स्वास्थ्य सन्देश
Atrya hospital


बझाङ : बझाङको बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिरोले दुई घर पुरिएका छन। लगातारको बर्सातका कारण आएको पहिरोले बझाङमा दुई घर पुरिएका प्रहरीले जनाएको छ । 

  बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार  पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्ण रुपमा क्षति पुर्याएको छ ।   घर पुरिदा मानवीय क्षति नभएपनि गोठमा रहेका पशुचौपाया मरेका छन् । 

  क्षेति हुने मध्येमा स्थानीय बले धामीका तीन भैँसी, दुई गोरु, ७ बाख्रा, नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाइका दुई गाइ पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताउनुभो । प्रहरी र नेपाली सेनाको टोली उद्दार कार्यका लागि खटिएको छ । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update