Sagun Khabar
कैलालीमा १७ बर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

चौधरीले ती किशोरीलाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update