Sagun Khabar
टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्नुपर्ने माग गर्दैै कैलालीमा थरुहट मोर्चाको प्रदर्शन 

कैलाली –थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीमा विरोध प्रदर्शन गरेको छ। टीकापुर घटनाको ६ वर्ष पुगेको दिन आज मोर्चाले कैलालीको बलियामा विरोध प्रदर्शन गरेको हो।

भदौ ७ र ८ गतेलाई कालो दिनको रुपमा मनाउँदै आएको मोर्चाले भल्का चौकदेखि बलिया चौकसम्म विरोध ¥यालीसहित प्रदर्शन गरेको हो।

टीकापुर मुद्दा खारेजी गरिनुपर्ने, कैलाली निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित निलम्बित सांसद रेशम चौधरीसहित राजबन्दीहरुलाई विना सर्त रिहाइ गरिनुपर्ने, राज्यको हरेक निकायमा थारु समुदायको पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने, कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै प्रदर्शन गरिएको हो।

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update