Sagun Khabar
कैलालीमा खोलाले बगाउँदा एक वृद्धको मृत्यु 

कैलाली –कैलालीको लम्की चुहा नगरपालिका–६ गुलरामा खोलाले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार करिव ९० वर्षकी फूखिया थरुनीको मृत्यु भएको हो । उनलाई स्थानीय चरेला खोलाले बगाएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक भरत शाहले जानकारी दिए ।

उनका अनुसार खोलामा नुहाउने क्रममा थरुनी बगेर बेपत्ता भएकी थिईन । उनको शव झण्डै सात सय मिटर तल भेटिएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

त्यस्तै कैलालीकै जानकी गाउँपालिकामा बाढीले करिव डेढ सय घर डुबाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार वडा नं. ४ र ७ को बस्तीमा बाढी पसेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार वडा नं. ४ मा गिदरपुर, खरैला गाउँका ८० र वडा नं. ७ मा जवलपुर, शंकरपुर, मुनुवा गाउँका ५८ घर डुबानमा परेका छन। पालिकाका अन्य वडामा समेत थप केही घर डुबानमा परेका छन् ।  

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update