बैतडीको सिगासधामसहित सुदूरका ५ ठाउँमा केबुलकार स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने 
                        
                        
                                                
                                             
                                                                    बैतडी–बैतडीको सिगासधाम लगायत सुदूरपश्चिमका पाँच ठाउँमा केबुलकार स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ ।
सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक बर्षको बजेट पेश गर्दै उक्त कुरा बताएका हुन् ।
बैतडीको सिगासधाम, दार्चुलाको मालिकार्जुन शिखर, बाजुराको बडिमालिका, खप्तड र अछामको रामारोशनमा केबुलकार स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न ७ करोड २५ लाख विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
आगामी आर्थिक बर्षमा केबुलकार स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने प्रदेश सरकारले जनाएको छ । पर्यटन प्रबर्धन अन्तर्गत उक्त बजेट विनियोजन गरिएको बताइएको छ । 
 
प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०९:३६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    