पाटन–६ कर्कलस्थित दुर्गा भगवती मन्दिरको जात्रा आजदेखि, ८ गते देउडा कार्यक्रम

बैतडी –बैतडीको पाटन नगरपालिका –६ कर्कलस्थित दुर्गा भगवती मन्दिरको जात्रा आजदेखि शुरु भएको छ । 

आज कार्तिक शुक्ल चतुर्दशीका दिन मन्दिरमा देउरो लैजाने चलन रही आएको छ । कार्तिक शुक्ल चतुर्दशीका दिन रात्रिकालिन पूजाका साथै धुमारी खेल्न, भजन किर्तन गर्ने परम्परा रही आएको छ । 
यस्तै कार्तिक शुक्ल पूर्णिमाको बिहान पूजाआराधना गरिने, चौलो जाने, देवी ढोला प्रदर्शन गरिने बताइएको छ । 

यस्तै दुर्गा भगवती जात्राको अवसरमा मंसिर ८ गते देउडा प्रतियोगिता राखिएको कार्यक्रम संयोजक अशोकबहादुर बिष्टले बताए । महिला र पुरुष देउडा प्रतियोगितामा सहभागिताका लागि आग्रह समेत गरिएको छ । 

डेउडा प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार ७ सय ७७ रुपैयाँ र द्वितीय हुनेलाई ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

धार्मिक आस्था, मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले जात्रासँगै देउडा प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  १३:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update