Sagun Khabar
बैतडीको देवलहाटस्थित सहस्त्रलिङ्गमा रुद्राभिषेक गरिने 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित सहस्त्रलिङ्गमा रुद्राभिषेकसहित पूजाआजा गरिने भएको छ । 

हरेक बर्षजस्तै यो बर्ष पनि साउन महिनाको अन्तिम सोमबार अर्थात साउन २६ गते रुद्राभिषेकसहित पूजाआजा गरिने स्थानीय गणेशदत्त भट्टले बताए । 

पञ्चदेवल नजिकै रहेको ऐतिहासिक सहस्त्रलिङ्गमा हरेक बर्ष स्थानीयहरुले साउनको महिना पूजाआजा गर्दै आएका छन् । पञ्चदेवल धाम पाण्डवहरुले बनाएको किम्वदन्ती रहेको र सोही बेला सहस्त्रलिङ्ग स्थापना गरिएको भट्टले बताए । 

पञ्चदेवल नजिकै शिवकुण्ड रहेको र सोही कुण्डको पानीले पञ्चदेवल तथा जगन्नाथ मन्दिरमा समेत पूजाआजा गर्ने प्रचलन रही आएको भट्टले बताए । 

ऐतिहासिक पञ्चदेवलमा हरेक बर्ष असोजको नवरात्री, चैतको नवरात्री, महाशिवरात्री र साउनको महिनामा समेत पूजाआजा गर्ने गरिएको छ । 

पञ्चदेवल नजिकै रहेको सहस्त्रलिङ्ग पाण्डवहरुले नै स्थापना गरेर पूजाआजा गर्ने गरिएको विश्वास रही आएको छ । उक्त सहस्त्रलिङ्गमा स्थानीयहरुले परापूर्वकालदेखि पूजाआजा गर्दै आएका स्थानीय उद्धव मार्कण्डले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update