अछाममा वडा कार्यालयमा तोडफोड गर्ने सात जना पक्राउ

अछाम –अछामको मेल्लेख गाउँपालिका–१ ऋषिदहको वडा कार्यालयमा तोडफोडमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् ।
सोमबार राति स्थानीय युवाहरूको समूहले वडा कार्यालय तोडफोड गरेर क्षति पुगेको वडा अध्यक्ष दिलबहादुर धामीले जानकारी दिए । वडा कार्यालय तोडफोडको आरोपमा स्थानीय सात जना युवालाई प्रहरीले नियन्त्रण लिएको अछाम प्रहरीले जानकारी दिएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरू २० देखि २४ वर्ष उमेरका रहेको भए पनि विवरण खुलाइएको छैन । पक्राउ परेका र घटनाको विस्तृत विवरण आउने क्रममा रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२ १६:१९
प्रतिक्रिया दिनुहोस्