Sagun Khabar
अछामको साँफेबगरमा आगलागी

अछाम –अछामको साँफेबगरमा आगलागी भएको छ । साँफेबगर हाटबजार क्षेत्रमा लागेको आगोले किराना पसल, होटलसहित  ६ भन्दा बढी पसलहरू नष्ट गरेको हो । 

स्थानीय व्यापारीहरू, सुरक्षाकर्मी सहितको टोलीको प्रयासपछि मात्र आगो नियन्त्रणमा आएको छ । घटनाबारे थप सूचना आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

अछामको मुख्य सहर साँफेबगरमा दोस्रो पटक आगलागी हुँदा पनि दमकल नभएको कारणले आगो नियन्त्रण गर्न गाह्रो भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update