कैलाली –धनगढी आइपुगेका एमाले नेता महेश बस्नेतको विरोधमा उत्रिएका जेन–जीहरुलाइ युवा संघ सम्बद्ध कार्यकर्ताहरुले आक्रमण गरेका छन् ।
बस्नेत आउने थाह पाएपछि जेन–जी हरु सडक छेउमा प्ले कार्ड सहित विरोधमा उत्रिएका थिए । सम्भावित झडपको आँकलन गरेर सुरक्षाकर्मीले विरोध गरिरहेका जेन–जी युवाहरुलाइ घेरेर सडक पेटीमा पुर्याएको थियो भने सडक खाली जस्तै देखिन्थ्यो ।
बस्नेतको स्वागतमा मोटरसाइलको लश्कर सहित हिडेका युवा संघका कार्यकर्ताहरुले जेन–जी माथी आक्रमण गरेका हुन् । सुरक्षाकर्मीको घेरा तोडेर युवा संघका कार्यकर्ताहरुले जेन–जी युवाहरुलाइ आक्रमण गरेको एक प्रत्यक्षदर्शीले बताए ।
प्रहरी स्रोतका अनुसार जेन–जीहरुमाथी युवा संघका कार्यकर्ताल हातपात गर्दै लखेटेका थिए । त्यस क्रममा जेन–जी समुहकी सरिता जोशी लगायतलाइ चोट लागेको छ । घाइते भएकी जोशीको हात भाँचिएको छ ।




