कैलाली –गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा निष्पक्ष रुपमा निर्वाचन हुने बताएका छन् । मङ्गलवार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फागुन २१ गते नै निर्वाचन हुने दाबी गरेका हुन् ।
गृहमन्त्री अर्यालले सरकारको मुख्य जिम्मेवारी नागरिकलाई सुरक्षा प्रदान गर्दै र सुशासन कायम गर्नु र समयमै निर्वाचन गर्नु रहेको बताएका छन् ।
गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन गरिएको बताए । उनले राजनीतिक दललाई निर्वाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण बनाउन सरकार सक्रिय रहेको बताएका छन् ।
गृहमन्त्री अर्यालले राज्यका सबै संयन्त्र निर्वाचनको वातावरण निर्माण गर्न क्रियासिल रहेको बताएका छन् । सुरक्षा अवस्थालाई विश्लेषण गरी आवश्यक कदम चाल्न सरकार तयार रहेको उनले बताएका छन् ।




