Sagun Khabar
भीमदत्त बहुप्राविधिक शिक्षालयले छोटो अवधिको तालिम दिँदै 

बैतडी–बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयले छोटो अवधिको तालिम दिइरहेको छ । 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको आंगिक शिक्षालयको रुपमा रहेको भीमदत्त बहुप्राविधिक शिक्षालयले हरेक बर्ष छोटो अवधिको सीपमूलक तालिम सञ्चालन गर्दै आएको शिक्षालयका प्रमुख जीवनदत्त पन्तले बताए । 

यो बर्ष पनि च्याउ उत्पादक (तह १) र बिल्डिङ इलेक्ट्रीसियन (तह १) तालिम सञ्चालन गरिएको पन्तले बताए । ६५ दिन सम्म सञ्चालन हुने दुवै तालिममा २०÷२० जनाको सहभागिता रहेको छ । 

स्थानीयस्तरका नागरिकलाई सीपमूलक तालिम दिने उद्देश्यले छोटो अवधिको तालिम सञ्चालन गर्ने गरिएको पन्तले बताए । 

भीमदत्त बहुप्राविधिक शिक्षालयमा डिप्लोमा तहको सिभिल इन्जिनियररिङ, डिप्लोमा इन फार्मेसी र डिप्लोमा एग्रीकल्चरको पढाइ हुने गर्दछ । सोही पढाइसँग सम्बन्धित छोटो अवधिको तालिम सञ्चालन गर्ने गरिएको शिक्षालयका प्रमुख पन्तले बताए । 

निशुल्क रुपमा सञ्चालन भइरहेको यो तालिमबाट स्थानीय नागरिकहरु लाभान्वित हुने गरेका छन् । यी तालिमहरुको राष्ट्रिय सीप परीक्षण समितिले मूल्यांकन गर्ने पन्तले बताए ।  

यस्ता छोटो अवधिका सीपमूलक तालिम लिएका व्यक्तिहरुलाई वैदेशिक रोजगारमा समेत सहज हुने पन्तले बताए । 

1-1765268602.jpg
 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update