गुजर मा विको वि व्य स अध्यक्षमा मान सिंह विष्ट चयन
बैतडी - बैतडीको पाटन नगरपालिका वडा नं ३ स्थित गुजर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा मान सिँह बिष्ट चयन भएका छन् ।
शुक्रबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले बिष्टलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । समितिको अन्य सदस्यहरुमा मनिराम कोलि, कमला भट्ट, सबिता कोलि ,राजेन्द्र प्रसाद अवस्थी, लक्ष्मी बिष्ट , शिक्षक प्रतिनिधि धर्म राज नाथ, पदेन सदस्यमा करुणारक भट्ट र सदस्य सचीवमा प्रधानाध्यापक मदन राज अवस्थी चयन भएका बताइएको छ । विद्यालयमा शैक्षिक क्रियाकलापलाई व्यवस्थित बनाउन आफूले सक्दो पहल गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्टले बताए ।
यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा वीर बहादुर बिष्ट चयन भएका प्रधानाध्यापक मदन राज अवस्थीले बताएका छन ।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२ १०:००
प्रतिक्रिया दिनुहोस्




