बैतडीमा चितुवा पासोमा फस्यो
बैतडी- बैतडीमा चितुवा पासोमा फसेको छ । जिल्लाको सिगास गाउँपालिका–२ धौलाडी , भिमराडीमा जंगली जनावरका लागी थापेको पासोमा चितुवा फसेको हो ।
स्थानीयले थापेको पासोमा अन्दाजी तीन बर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिए । गएराति नै चितुवा पासोमा परेको आज बिहान मात्रै जानकारी आएको उनले बताए ।
अहिले सिगास सब डिभिजन बन कार्यालय गाजरीबाट उक्त क्षेत्रमा टोलि खटिएको छ । चितुवाको अगाडि पट्टीको दायाँ खुट्टा पासो फसेको सिगास सब डिभिजन बन कार्यालय गाजरीका रेन्जर चन्द्र सिह धामीले बताए ।
चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसंग समन्वय भैरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ १४:२६
प्रतिक्रिया दिनुहोस्




