Sagun Khabar
विद्यार्थीलाई न्यानो लुगा वितरण

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं २ स्थित पत्ताल भुमेश्वर अद्यारभुत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ । काठमाडौं निवासी गोल्डेन बुक्स पब्लिकेशनका सञ्चालक दिपेन्द्ररमण न्यौपानेको सहयोगमा आइतबार उक्त विद्यालयका ४३ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको भुमेश्वर मायाघरका सञ्चालक मानबहादुर चन्दले बताए । 

उक्त विद्यालयमा भवन समेत नहुँदा विद्यार्थीहरु जस्तापाताको छानामुनि पढ्न बाध्य भएका छन् । समाजसेवी सहदेव सापकोटाको समन्वयमा न्यानो लुगा वितरण गरिएको हो । 

सापकोटाले समेत २ बर्ष अगाडि उक्त विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेका थिए । 

संगम सामाजिक सेवा काठमाण्डांैका अध्यक्ष सापकोटाले देशका विभिन्न ठाउँमा फरक क्षमता भएका व्यक्ति, अति विपन्न, टुहुरा बालबालिका, विविध कारणले शिक्षा पाउनबाट बञ्चित भएका बालकालिकाहरुलाई समेत आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update