Sagun Khabar
समाजसेवी सापकोटाद्वारा विद्यार्थीलाई न्यानो लुगा वितरण

बैतडी-  बैतडीको सुर्नया गाउँपालिका वडा न २ मा रहेको पत्ताल भुमेश्वर अद्यारभुत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरिएको छ । काठमाडौं निवासी समाजसेवी सहदेव सापकोटाले  आइतबार पत्ताल भुमेश्वर अधारभुत विद्यालय का ४३ जना विधार्थीहरुलाई न्यानो लुगा वितरण गरेको भुमेश्वर मायाघरका सञ्चालक मानबहादुर चन्दले बताए । 

बिधालयमा भवन समेत नहुँदा विधार्थीहरु टिनको टहरा मुनि पढन बाध्य छन । ऊक्त बिधालयमा २ बर्ष पहिला पनि सापकोटाले न्यानो लुगा वितरण गर्नु भएको थियो ।

संगम सामाजिक सेवा काठमाण्डौका अध्यक्ष सापकोटाले देशका बिभिन्न ठाउँमा फरक क्षमता भएका व्यक्ति, अति विपन्न, टुहुरा बालबालिका, विभिद कारणले शिक्षा पाउनबाट बञ्चित भएका बालकालिकाहरुलाई समेत आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update