Sagun Khabar
सुर्नयाकी जानकीका लागि सहयोग अभियान जारी,कर्मचारीबाट संकलित रकम हस्तान्तरण 

बैतडी –गाडी दुर्घटनामा श्रीमान गुमाएकी बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडकी जानकी महराका लागि सहयोग अभियान जारी रहेको छ ।

गएको मंसिर १८ गते गाडी दुर्घटनामा जानकीका श्रीमान नरेश महराको मृत्यु भएको थियो । नरेशले घरबार सबै बेचेपछि जानकी घरबार विहिन भएकी छन् । उनले आफन्तको घरमा बसेर श्रीमानको किरिया गरेकी थिइन् । 

दुई छोरी र एक छोराकी आमा जानकी घरबारविहिन भएपछि अहिले सहयोग अभियान सञ्चालन भइरहेको छ । स्थानीय समेत रहेका पत्रकार सुरेश महराले जानकीको सहयोगका लागि अभियान जारी रहेको बताए । 

यस्तै घरबारविहिन भएकी जानकीको सहयोगका लागि सुर्नया गाउँपालिकाका कर्मचारीहरुबाट संकलन भएको सहयोग रकम हस्तान्तरण गरिएको छ । 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसिंह महरा र सव इन्जिनियर प्रकाशसिंह महराले जानकीलाई बिहीबार बिहान संकलन भएको ११ हजार ५८२ रुपैयाँ हस्तान्तरण गरेका हुन् । 

जानकीलाई केही सहयोग पुगोस भनेर कर्मचारीहरुबाट संकलित भएको रकम हस्तान्तरण गरिएको सव इन्जिनियर महराले बताए । 

यसअघि जानकीलाई जिल्ला प्रशासन कार्यालयकातर्फबाट समेत सहयोग गरिएको थियो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहित सुरक्षा निकायका प्रमुख, कपडा बैंकका सञ्चालक महेशदत्त भट्ट लगायतको टोलीले जानकी बसेकै ठाउँमा पुगेर सहयोग गरेका थिए । 

जानकीका लागि सञ्चालन गरेको सहयोग अभियानमा एक लाख बढी रकम संकलन भइसकेको र केही दिनभित्रै जानकीलाई हस्तान्तरण गर्ने पत्रकार महराले बताए । 

जानकी घरबारविहिन भएपछि अहिले उनलाई तीन सन्तान हुर्काउन निकै समस्या परेको छ । श्रीमान जीवित भएकै बेला समेत हिंसाबाट प्रभावित भएकी जानकी सेफ हाउसमा बस्दै आएकी थिइन् । 

kramchari-1766029544.jpg
 


 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update