Sagun Khabar
बैतडी कांग्रेसले बोलायो पालिका समिति बैठक 

बैतडी –नेपाली कांग्रेस बैतडीले आगामी अधिवेशनको तयारी स्वरुप पालिका बैठकको मिति तय गरेको छ । १० ओटै पालिका समिति र ८४ ओटै वडा समितिलाई पत्राचार गर्र्दै बैठकको आयोजना गर्न आग्रह गरेको हो ।  

कांग्रेसको १५ औं महाधिवेशनलाई सम्पन्न गर्न तल्ला तहको अधिवेशन समयमै गर्नुपर्ने भएकाले पालिका समिति बैठकको आयोजना गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

पालिका समितिका बैठकमा नयाँ क्रियाशील सदस्यता वितरण र पार्टीको तल्लो तहको अधिवेशनका बिषयमा छलफल हुने सचिव जोशीले बताए । 

पाटन नगर कार्यसमितिको बैठक पौष ४ गते पाटन बिहान साढे ९ बजे  र मेलौली नगर कार्यसमितिको बैठक पौष ४ गते मेलौलीमा दिउँसो डेढ बजे राखिएको छ । 

यस्तै पौष गते बिहान साढे ९ बजे पञ्चेश्वर गाउँकार्यसमिति र दिउँसो डेढ बजे शिवनाथ गाउँ कार्यसमितिको बैठक राखिएको नेपाली कांग्रेसले जनाएको छ । 

यस्तै पौष ६ गते बिहान साढे ९ बजे सिगास गाउँ कार्य समिति र दिउँसो २ बजे पुर्चौंडी नगर कार्यसमितिको बैठक राखिएको छ । 

यस्तै पौष ७ गते बिहान साढे ९ बजे सुर्नया गाउँकार्य समिति र दिउँसो डेढ बजे दोगडाकेदार गाउँ कार्यसमितिको बैठक बस्ने कांग्रेसले जनाएको छ । 

यस्तै पौष ८ गते बिहान साढे ९ बजे डिलाशैनी गाउँ कार्यसमिति र पौष ९ गते बिहान ११ बजे दशरथचन्द नगर कार्यसमितिको बैठक आयोजना गरिने बताइएको छ । 

Palika-Meeting-1766030505.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update