Sagun Khabar
बैतडीबाट तीन जना एमाले केन्द्रीय सदस्यमा निर्वाचित 

बैतडी –नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट बैतडीका तीन जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

दामोदर भण्डारी, लिलाधर भट्ट र गोविन्द गिरी एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका एमाले सुदूरपश्चिम प्रदेश कमिटि सदस्य बलभद्र दयालले जानकारी दिए । 

दामोदर भण्डारी १ हजार ३२५ मत ल्याएर खुला केन्द्रीय सदस्यमा विजयी भएका हुन् भने लिलाधर भट्ट १ हजार १५० मत ल्याएर सुदूरपश्चिम भुगोलबाट खुला केन्द्रीय सदस्यमा विजयी भएका हुन् । 

यस्तै गोविन्द गिरी १ हजार ५५५ मत ल्याएर सुदूरपश्चिम भुगोलबाट यूवा केन्द्रीय सदस्यमा विजयी भएका हुन् । 

भण्डारी र भट्ट यसअघि पनि एमालेको केन्द्रीय सदस्य भएर काम गरिसकेका व्यक्ति हुन् । 

गिरी भने अनेरास्ववियुबाट पछिल्लो पटक पार्टीमा आएका प्रदेश कमिटि सदस्य दयालले बताए । बैतडीबाट केन्द्रीय समितिमा तीन जनाले उम्मेदवारी दिएको र तिनै जना विजयी भएका दयालले बताए । 
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update