Sagun Khabar
पाटन–१ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई इन्डक्सन चुलो वितरण 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं १ भित्रका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई इन्डक्सन चुलो वितरण गरिएको छ । 

बिहीबार एक कार्यक्रमकाबीच वडाभरीका १५ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई चुलो वितरण गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

गएको मंसिर १९ गते महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विद्युतीय इण्डक्सन चुलो वितरण गर्ने कार्य शुरु गरिएको थियो । 

यसअघि अन्य महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई निशुल्क रुपमा इन्डक्सन चुलो वितरण गरिएको थियो । यो सँगै नगरपालिकाभरीका १ सय ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई इन्डक्सन चुलो वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई इन्डक्सन चुलो वितरण कार्यले उनीहरुको मनोबल बढेको सकार स्वास्थ्यचौकीका प्रमुख नरेन्द्रराज भट्टराईले बताए । 

महिला स्वास्थ्य स्वयंसेविकाहरुको कार्यबोझ घटाउने, वन तथा वातारण संरक्षण गर्ने,महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित इन्डक्सन चुलो वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

महिला स्वास्थ्य स्वयं सेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै यो कार्यक्रम सञ्चालनमा ल्याइएको नगर प्रमुख गौरीसिंह रावलले बताए । 

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन महत्वपूर्ण योगदान गरेकाले नगरपालिकाले उनीहरुको सम्मान स्वरुप यो बर्ष चुलो वितरण कार्यक्रम राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update