Sagun Khabar
बैतडीबाट चरेश मुद्दाका फरार प्रतिवादी पक्राउ 

बैतडी–बैतडीबाट चरेश मुद्दाका फरार एक जना पक्राउ परेका छन् । 

जिल्लाको पुर्चौंडी नगरपालिका ४ का जयबहादुर धानुकलाई बिहीबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

जिल्ला अदालत दार्चुलाको २०८१ असार ५ गतेको फैसला अनुसार धानुकलाई लागु औषध चरेश मुद्दामा १ बर्ष ८ महिना २२ दिन कैद सजाय र १५ हजार रुपैयाँ जरीवाना तोकिएको थियो । 

सोही फैसला कार्यान्वयनको सिलसिलामा धानुकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

पक्राउ परेका धानुकलाई डडेल्धुरा कारागार चलान गरिएको प्रहरी निरीक्षक बडूले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update