Sagun Khabar
पाटन र मेलौलीमा कांग्रेसको बैठक सम्पन्न 

बैतडी –नेपाली कांग्रेस बैतडीले पाटन र मेलौलीमा बैठक सम्पन्न गरेको छ । 

आगामी महाधिवेशनलाई लक्षित गरेर पालिकास्तरीय बैठक सञ्चालन गर्ने योजना अनुसार आज पाटन र मेलौलीमा बैठक सम्पन्न गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

सुदूरपश्चिम प्रदेश कार्यसमितिको निर्देशन अनुसार पालिकाहरुमा बैठक सञ्चालन गर्ने कार्य भइरहेको सचिव जोशीले बताए । 

दुवै ठाउँमा भएका बैठकमा तल्लो तहको अधिवेशन, नयाँ क्रियाशील सदस्यता वितरण, पार्टीका गतिविधि चलायमान बनाउने बिषयमा छलफल भएको सचिव जोशीले बताए । 

बैठकमा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, उपसभापति खगेन्द्रसिंह धामी, सचिवद्वय प्रेमबहादुर चन्द र देवराज जोशी, पूर्व सभापति नरेन्द्रसिंह थापा लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

यस्तै सम्बन्धित पालिका समितिका पदाधिकारी र सदस्यहरु, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय प्रतिनिधि, पार्टीका क्रियाशील सदस्यहरुको समेत बैठकमा सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update