Sagun Khabar
बैतडीको मेलौलीमा नगरस्तरीय विज्ञान शिक्षक अन्तरक्रिया सम्पन्न

बैतडी –बैतडीको मेलौलीमा नगरस्तरीय विज्ञान शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार मणिलेक माविले विज्ञान विषय प्रर्वद्धन कार्यक्रमको आयोजना गर्दैै अन्तरक्रिया सम्पन्न गरिएको हो । 

अन्तरक्रिया कार्यक्रममा मेलौली नगरपालिकाभित्रका ११ ओटा माध्यमिक विद्यालयका विज्ञान शिक्षा, सिभिल इन्जिनियरिङतर्फका शिक्षक र प्रशिक्षकहरुको सहभागिता रहेको मणिलेक मावि काँडा मेलौलीका प्रधानाध्यापक देवदत्त कलौनीले बताए । 

अन्तरक्रियाबाट मणिलेक माविका शिक्षक तेजसिंह बिष्टको संयोजकत्वमा नगरस्तरीय विज्ञान शिक्षक नेटवर्क गठन गरिएको छ । उक्त नेटवर्कको सहसंयोजकमा नारायणदत्त जोशी, सचिवमा हरिशबहादुर चन्द, सह–सचिवमा महेशसिंह नायक र कोषाध्यक्षमा मनिषा जोशी सहित अन्य सदस्यहरु रहेका छन् । 

यसैगरी अन्तरक्रियामा यही पौष १६ गते मणिलेक माविको आयोजनामा हुने विज्ञान प्रदर्शनीलाई सफलतापूर्वक सम्पन्न गर्ने बिषयमा छलफल भएको प्रधानाध्यापक कलौनीले बताए । उक्त प्रदर्शनीमा बढीभन्दा बढी सहभागी गराउने, नगरपालिकाभरीका विज्ञान शिक्षकहरुलाई अवलोकन गराउने बिषयमा छलफल भएको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update