Sagun Khabar
दार्चुलाका १९ बर्षीय रावल कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाका १९ वर्षीय कृष्णसिंह रावल नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि चयन भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत गत साता सम्पन्न भएको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशनबाट आफू निर्विरोध चयन भएको रावलले बताए । 

जिल्लाभरीका एक हजार ३ सय बढी क्षेत्रिय प्रतिनिधिमध्ये कान्छो प्रतिनिधिको रुपमा आफु छनोट भएको उनको भनाई छ । 

कक्षा ७ मा पढ्दा नै काग्रंसको भातृ संगठन नेविसंघको इकाइ अध्यक्षको जिम्मेवारी सम्हालेका रावल कक्षा ९ मा पढ्दा नेविसंघको जिल्ला सदस्य चयन भएका थिए । 
 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update