Sagun Khabar
सिद्धनाथ मावि सिलङ्गाका टुहुरा, अनाथ र गरीब विद्यार्थीलाई शैक्षिक सामग्री वितरण 

बैतडी–बैतडीको पाटन नगरपालिका–२ स्थित सिद्धनाथ मावि सिलङ्गामा अध्ययनरत टुहुरा, अनाथ र गरीब विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । 

बालविवाह न्यूनीकरण र किशोरकिशोरीको क्षमता अभिवृद्धिमा सक्रिय रहेको संस्था परोपकार ग्रामीण विकास संघले उक्त विद्यालयका चार जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेका संस्थाका कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् । 

विद्यालयले छनौट गरेका टुहुरा, अनाथ र गरीब विद्यार्थीहरुलाई झोला, कापी, ज्यामिति बक्स, डट्पेन, क्यालकुलेटर, सामान्य ज्ञान लगायतका शैक्षिक सामग्री वितरण गरिएको परोपकार ग्रामीण विकास संघका लेखा अधिकृत हेमन्त अवस्थीले बताए । 

यसअघि कृष्ण मावि पाटनका चार जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update