Sagun Khabar
राप्रपा पाटनको अध्यक्षमा दानसिंह बिष्ट चयन

बैतडी–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पाटन नगरकार्य समितिको अध्यक्षमा दानसिंह बिष्ट चयन भएका छन् । 

मंगलबार सम्पन्न भएको अधिवेशनले बिष्टको अध्यक्षतामा २५ सदस्यीय नगरकार्य समिति चयन गरिएको राप्रपाका बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

उक्त समितिको उपाध्यक्षमा कृष्णदेव पन्त, महिला उपाध्यक्षमा नर्वदा पन्त, सचिवमा धनसिंह बोहरा, कोषाध्यक्षमा हिरा अवस्थी लगायत अन्य सदस्यहरु रहेका छन् । 

राप्रपा बैतडी अहिले पालिका अधिवेशनमा केन्द्रित रहेको अध्यक्ष भट्टले बताए । यसअघि दशरथचन्द नगरपालिकामा अधिवेशन सम्पन्न भएको राप्रपा बैतडीले जनाएको छ । 

पाटन नगर अधिवेशनमा राप्रपा अध्यक्ष भट्टसहित नेताहरु भुपेनबहादुर चन्द, देवबहादुर चन्द, केशवबहादुर चन्द लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update