बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले स्वास्थ्य संस्थाहरुको मूल्यांकन गर्ने कार्य थालेको छ ।
पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड परीक्षण गरिरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथले बताए । स्वास्थ्य संस्थाहरुले न्यूनतम सेवा मापदण्ड अनुसार सेवा प्रवाह गरे÷गरेको बिषयमा जानकारी लिनका लागि मूल्यांकन गर्ने कार्य भइरहेको उनले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार तोकिएका सूचकहरुमा अंक दिने र सोही अनुसार स्वास्थ्य संस्थाहरुले न्यूनतम सेवा मापदण्डमा अंक पाउने स्वास्थ्य शाखा प्रमुख नाथले बताए ।
स्वास्थ्य संस्थाहरुको सुशासन र व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन, स्वास्थ्यचौकी सहयोग सेवा व्यवस्थापन लगायतका क्षेत्रहरुमा सूचक निर्धारण गरिएको र ती सूचकहरुको अवस्था अनुसार अंकभार दिने गरिएको छ ।
पालिकाभरी रहेका सबै स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्डको मूल्यांकन गर्ने कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख नाथले बताए । न्यूनतम सेवा मापदण्ड अनुसार स्वास्थ्य संस्थाहरुले सेवा दिए÷नदिएको, सेवा प्रदानमा भइरहेको असहजताका बिषयमा पत्ता लगाएर सुधार गर्ने लगायतका उद्देश्य राखेर मूल्यांकन गर्ने कार्य भइरहेको नाथले बताए ।




