बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका –५ स्थित नागार्चन मावि रन्तोलीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पुनः रमेशसिंह भण्डारी चयन भएका छन् ।
बिहीबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले भण्डारीलाई पाँचौं पटक सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन गरेको हो । उक्त समितिको सदस्यमा शंकरसिंह भण्डारी,गणेश चन्द, कमला कोली, रमा धामी र बिष्ना चन्द सदस्यम ाचयन भएका छन् ।
जनप्रतिनिधिबाट वडा सदस्य देवानसिंह भण्डारी समिति सदस्यमा चयन भएका विद्यालयका प्रधानाध्यापक गणेशसिंह भण्डारीले बताए ।
लामो समयदेखि अभिभावकहरुले आफूमाथि विश्वास गरेकाले विद्यालयको सर्वाङ्गीण विकासमा आफू लागिपर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष भण्डारीले बताए ।
कक्षा १२ सम्मको पढाइ हुने नागार्चन माविमा प्राविधिकधारतर्फ कृषि जेटिएको समेत पढाइ हुने गरेको छ ।




