बैतडीको पाटन–३ मा रास्वपाको वडा समिति विस्तार
बैतडी –बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडा समिति विस्तार गरेको छ ।
शनिबार सम्पन्न भएको प्रथम वडा भेलाले धनबहादुर बिष्टको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरेको रास्वपाका पाटन सभापति तिलकबहादुर चन्दले बताए ।
पार्टी संगठन विस्तार गर्ने अभियान अन्तर्गत वडा समिति गठन गरिएको उनले बताए ।
पछिल्लो समयमा रास्वपाप्रति युवाहरुको आकर्षण बढ्दै गएको सभापति चन्दको दाबी छ । पाटनका सबै वडामा पार्टीको समिति विस्तार गर्ने योजना रहेको उनले बताए ।
प्रकाशित मिति: शनिबार, पुस १२, २०८२ १६:३७
प्रतिक्रिया दिनुहोस्




