Sagun Khabar
सुर्नयाका विद्यालयमा आइतबार स्थानीय सार्वजनिक बिदा 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाभित्रका सबै विद्यालयहरुमा आइतबार अर्थात भोलि स्थानीय सार्वजनिक बिदा दिइएको छ । 

गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ  शिल्डको समापन कार्यक्रममा विद्यालयहरुको सहभागितालाई ध्यानमा राखेर पालिकाभरीका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा आइतबार सार्वजनिक बिदा रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सुर्नया गाउँपालिकाको वडा नं ५ स्थित रौलेश्वर मावि रामकी बरायलमा यही पौष १० गतेदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा रहेको छ । उक्त प्रतियोगिताको भोलि समापन हुँदैछ । 

प्रतियोगितामा पालिकाभरीका १३ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । 

Surnya-1766838485.jpg
 

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update