Sagun Khabar
बैतडीका हरिमोहन भण्डारी रास्वपामा आवद्ध 

बैतडी–२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता हरिमोहन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका छन् । 

भण्डारीले गएको मंसिर २३ गते नै पार्टीको सदस्यता लिएको कुरा बाहिर आएको छ । यद्यपि पौष १८ गते हुने जिल्ला सम्मेलनमा आफू औपचारिक रुपमा पार्टीमा आवद्ध हुने नेता भण्डारीले बताए । 

गएको प्रदेश सभा निर्वाचनमा कांग्रेसबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका भण्डारीलाई कांग्रेसलाई कारवाही थियो । तर कांग्रेसले कारवाही फुकुवा गरेकै दिन भण्डारी रास्वपामा आवद्ध भएको खबर बाहिर आएको हो ।

आफूले रास्वपाबाट नयाँ राजनीति यात्रा शुरु गरेको भण्डारीले बताए । उनले भने, ‘पौष १८ गते हुने जिल्ला सम्मेलनबाट औपचारिक रुपमा पार्टीमा प्रवेश गर्छु । अहिले धेरै कुरा नभनौं । सक्रिय राजनीतिमा रहने कुरा छदैछ ।’

भण्डारीले रास्वपाको सदस्यता लिइसकेकाले आगामी निर्वाचनमा रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवार भण्डारी नै हुने आँकलन गरिएको छ । गएको निर्वाचनमा प्रदेश सभा क्षेत्र नम्बर (क)बाट स्वतन्त्र उम्मेदवारी दिएका भण्डारीले त्यति बेला ११ हजार १८ मत प्राप्त गरेका थिए । उनी एमालेका सुरेन्द्रबहादुर पालसँग पराजित भएका थिए । 

२०७४ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यको उम्मेदवार रहेका थिए । उनले त्यो बेला १५ हजार १२६ मत प्राप्त गरेका भएपनि नेकपा माओवादी केन्द्रका पे्रमप्रकाश भट्टसँग पराजित भएका थिए । 

लामो समयदेखि राजनीतिमा सक्रिय रहेका भण्डारी रास्वपामा आवद्ध भएसँगै जिल्लामा राजनीतिक हलचल शुरु भएको छ ।  


 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update