Sagun Khabar
एमाले बैतडीद्वारा समानुपातिकतर्फ तीन जनाको नाम सिफारिश 

बैतडी –नेकपा एमाले बैतडीले प्रतिनिधि सभा समानुपातिकतर्फ तीन जनाको नाम सिफारिश गरेको छ । 

आगामी फागुन २१ गते हुने चुनावका लागि समानुपातिकतर्फ जिल्लाबाट तीन जनाको नाम सिफारिश गरिएको एमाले बैतडीले जनाएको छ । 

जिल्ला अध्यक्ष नरेश विश्वकर्मा, प्रदेश कमिटि सदस्य सरस्वती नेपाली र एमालेका पूर्व केन्द्रीय सल्लाहकार मोहन थापाको नाम सिफारिश गरिएको बताइएको छ । 

पार्टीबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला कमिटिका पदाधिकारी र अन्य सिनियर नेताहरुको बैठकबाट सर्वसम्मत रुपमा तीन जनाको नाम सिफारिश गरिएको एमाले बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update