Sagun Khabar
कारवाहीमा परेका नेता–कार्यकर्तालाई पार्टीमा फर्कन बैतडी कांग्रेसको आग्रह 

बैतडी –विगतमा कारवाहीमा परेका नेता–कार्यकर्ताहरुलाई पार्टीमा फर्कन नेपाली कांग्रेस बैतडीले आग्रह गरेको छ । 

नेपाली कांग्रेसको केन्द्रीय समितिले अनुशासनको कारवाहीमा परेका नेता÷कार्यकर्ताहरुको बाँकी कारवाही फुकुवा गर्ने निर्णय गरेकाले कारवाहीमा परेकाहरुलाई आफ्नो क्रियाशील सदस्यता नवीकरण गर्न आग्रह गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । 

विगतमा विभिन्न कारणले कारवाहीमा परेकाहरुको कारवाही फुकुवा भएकाले पार्टी परित्याग गरेका सम्पूर्ण नेता÷कार्यकर्ताहरुलाई पार्टीमा फर्केर सक्रिय हुन समेत उनले आग्रह गरे । 

नेपाली कांग्रेस ऐतिहासिक लोकतान्त्रिक पार्टी भएकाले पार्टीमा पर्खेर महाधिवेशन सम्पन्न गर्नुका साथै एकताबद्ध भएर आगामी निर्वाचनमा होमिन समेत कांग्रेसले आग्रह गरेको छ । 

Nc-1766985824.jpg
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update