Sagun Khabar
सुदू्रपश्चिम प्रदेश सभामा डाक्टर तारा जोशी रास्वपाको पहिलो सांसद 

कैलाली –सुदूरपश्चिम प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व भएको छ। डडेल्धुराबाट निर्वाचित  स्वतन्त्र सांसद डाक्टर तारा जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै प्रदेश सभामा रास्वपाको उपस्थिती भएको हो । 

जोशी कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टी हुँदै रास्वपामा आएका हुन् । सोमबार बेलुका रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता घोषणा गरिएसँगै उनी रास्वपाबाट प्रदेश सभाको पहिलो सांसद बनेका हुन् । 

रास्वपा र उज्यालो नेपाल पार्टीको एकताका लागि लागि गठित वार्ता टोलीका संयोजकसमेत रहेका डाक्टर जोशी लामो समयसम्म वामपन्थी राजनीतिमा सक्रिय थिए ।

डडेल्धुरामा एमालेको नेतृत्व गरेका जोशी पछि एकीकृत समाजवादी हुँदै स्वतन्त्र उम्मेदवारको रुपमा गएको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update