बैतडीको पाटन–६ मा रास्वपाको वडा समिति विस्तार, सभापतिमा कृष्ण भट्ट चयन
बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडा समिति विस्तार गर्ने क्रममा आज बैतडीको पाटन नगरपालिका वडा नं ६ मा समिति विस्तार गरेको छ ।
पाटनमा भएको भेलाले कृष्ण भट्टको सभापतित्वमा १३ सदस्यीय वडा समिति गठन गरेको रास्वपा पाटन नगर सभापति तिलक चन्दले बताए । उक्त समितिको उपसभापतिमा धनमती बम, सचिवमा विरेन्द्रसिंह भाट लगायत अन्य सदस्यहरु रहेका छन् ।
नगर सभापति चन्दको अध्यक्षतामा भएको भेलामा रास्वपाका बैतडी सभापति भीम नाथ प्रमुख अतिथी रहेका थिए । उक्त भेलामा हालसालै रास्वपाको सदस्यता लिएका हरिमोहन भण्डारीको समेत उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२ १८:१९
प्रतिक्रिया दिनुहोस्




