Sagun Khabar
बैतडीको दशरथचन्द माविमा पूर्व विद्यार्थीहरुद्वारा सामूहिक अक्षयकोष स्थापना 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीमा सामूहिक अक्षयकोष स्थापना गरिएको छ । 

उक्त विद्यालयबाट २०६७ सालमा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरुको सक्रियातामा सामूहिक अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । २०६७ सालको ब्याचका १७ जना विद्यार्थीहरुको सक्रियतामा १ लाख २० हजार १०५ रुपैयाँ बराबरको सामूहिक अक्षयकोष स्थापना गरिएको हो । 

दशरथचन्द मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती चन्दको अगुवाईमा गठन भएको पूर्व विद्यार्थी समाजको सक्रियतामा अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ । उक्त कोषलाई हरेक बर्ष वृद्धि गर्दै लैजाने विद्यालयका पूर्व विद्यार्थीहरुले बताएका छन् । 

उक्त सामूहिक अक्षय कोषबाट विद्यालयमा अध्ययनरत गरीब, दलित र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति उपलब्ध गराइने विद्यालयका प्रधानाध्यापक चन्दले बताए । 

मंगलबारमात्रै सम्पन्न भएको विद्यालयको ६९ औं बार्षिकोत्सवमा उक्त अक्षयकोषका बारेमा सबैलाई जानकारी गराइएको छ । 

यस्तै बार्षिकोत्सवको अवसरमा दशरथचन्द नगरपालिका–६ सनकट्टे घर भएका पूर्व विद्यार्थी दिपक नाथले कक्षा ५ सम्म अध्ययन गर्ने विपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक स्वीटर उपलब्ध गराएका छन् । यसले विपन्न बालबालिकाहरुलाई सहयोग पुगेको विद्यालयले जनाएको छ । पूर्व विद्यार्थी नाथले विद्यालयमा समय–समयमा सहयोग गर्दै आएका र यसले विद्यार्थीहरुलाई सहज भएको प्रधानाध्यापक चन्दले बताए । 

विद्यालयको सामूहिक अक्षयकोषमा सहयोग गर्ने पूर्व विद्यार्थीहरु यस प्रकार रहेका छन् –

१) विपिन रावल रु २७,४८०।–

२) गिरीश चन्द रु १०,०००।–

३) योगेन्द्र साउँद  रु १०,०१०।–

४) जगदीश चन्द रु ८,०००।–

५) रोहित ताम्राकार रु ८,०००।–

६) सिर्जना बम रु ८,०००।–

७) हरिश चन्द रु ७,५००।–

८) केशव रावल रु ५,५५५।–

९) पंकज भट्ट रु ५,५५५।–

१०) आकाश रावल रु ५,०००।–

११) अशोक भट्ट रु ५,०००।–

१२) प्रेमराज भट्ट रु ५,००५।–

१३) ज्योति बोहरा रु ३,०००।–

१४) प्रकाश नाथ रु  ३,०००।–

१५) सुदीप चन्द रु ३,०००।–

१६) राजेन्द्र चन्द रु ३,०००।–

१७) प्रकाश चन्द ठकुरी रु ३,०००।–
 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update