Sagun Khabar
बैतडीको पाटन नगरपालिकाका विद्यालयमा दुई दिन सार्वजनिक बिदा 

बैतडी –बैतडीको पाटन नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयहरुमा दुई दिन सार्वजनिक बिदा दिएको छ । 

बिहीबार र शुक्रबार नगरपालिकाभरीका विद्यालयहरुमा सार्वजनिक बिदा रहने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा रहेको र सो प्रतियोगितामा नगरपालिकाभरीका १६ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेकाले हिउँदे बिदाबाट कट्टी हुने गरेर दुई दिन विद्यालयहरुमा बिदा दिइएको नगरपालिकाले जनाएको छ । 

नगर प्रमुखस्तरीय निर्णय अनुसार भोलि र पर्सी पाटन नगरपालिकाभित्रका विद्यालयहरुमा बिदा रहने बताइएको छ । पाटन नगरपालिकाभित्र ६३ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । 

Patan-school-1767178303.jpg
 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update