Sagun Khabar
दनपा –९ मा किसानहरुका लागि सात दिने तरकारी उत्पादन तालिम सञ्चालन 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा किसानहरुका लागि तरकारी उत्पादन सम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिएको छ । 

घरेलु तथा साना उद्योग कार्यालय बैतडी र दशरथचन्द नगरपालिका वडा नं ९ को संयुक्त साझेदारीमा किसानहरुका लागि तरकारी उत्पादन सम्बन्धी सात दिने तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख जयबहादुर कुँवरले बताए । 

तालिममा वडाभरीका १९ जना किसानहरुको सहभागिता रहेको छ । उनीहरुलाई तालिममा प्रयोगात्मक सीप समेत सिकाइने दशरथचन्द नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मोहनदेव जोशीले बताए । 

तालिममा किसानहरुलाई मौसमी तथा बेमौसमी तरकारी उत्पादन सम्बन्धी सीप सिकाइने वडा अध्यक्ष जोशीले बताए । 

प्रशिक्षकहरुले सात दिनसम्म किसानहरुलाई सैद्धान्तिक बिषयका साथै उनीहरुकै खेतमा गएर प्रयोगात्मक सीप सिकाउने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कुँवरले बताए । 

तालिममा सहभागी किसानहरुलाई तालिमपछि बीउ बिजन सहयोग गर्नुका साथै कृषि उपकरण समेत प्रदान गरिने कुँवरले बताए । 

स्थानीयस्तरमा रहेका किसानहरुको क्षमता अभिवृद्धि गरी उनीहरुको जिविकोपार्जनमा सुधार ल्याउनका लागि तालिमको आयोजना गरिएको वडा अध्यक्ष जोशीले बताए । 

बुधबार एक कार्यक्रमका साथ तालिमको उद्दघाटन गरिएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update