Sagun Khabar
बैतडीको गुरुकुल माविका विद्यार्थीहरुलाई न्यानो लुगा वितरण 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका –६ स्थित गुरुकुल मावि सेराका विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ । 

राधा माधव समिति बैतडी र डिभाइन युथ क्लबको सहयोगमा विद्यालयमा अध्ययनरत बालविकास कक्षादेखि ६ सम्मका विद्यार्थीहरुलाई न्यानो लुगा स्वीटर र टोपी वितरण गरिएको हो । 

राधा माधव समितिले हरेक बर्ष विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्दै आएको डिभाइन युथ क्लबका अध्यक्ष नारायणदत्त जोशीले बताए । गुरुकुल माविमा २८ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो । 

विद्यार्थीहरुलाई न्यानो लुगा वितरण कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, राधा माधव समिति बैतडीका अध्यक्ष हरिदत्त जोशी, दशरथचन्द नगरपालिका–६ का अध्यक्ष महेन्द्र कार्की लगायतको उपस्थिती रहेको थियो । 

राधा माधव समितिले मानवीय सहयोग कार्यक्रम अन्तर्गत हरेक बर्ष बालबालिकाहरुलाई न्यानो लुगा वितरण गर्दै आएको समितिका अध्यक्ष हरिदत्त जोशीले बताए । अहिलेसम्म बैतडीका ६ ओटा विद्यालयमा न्यानो लुगा वितरण गरेको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update