बैतडी –बैतडीको पाटनमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)को भेला सम्पन्न भएको छ ।
केन्द्रीय नेताहरुको उपस्थितीमा जिल्ला भेला आज सम्पन्न भएको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)ले बताए ।
भेलामा केन्द्रीय नेताहरु दिपक बोहरा, रमेश प्रसाइँ, प्रमोद न्यौपाने, राजीव खत्री लगायतले सम्बोधन गरेका थिए । उनीहरुले भेलामा बोल्दै अहिले देशमा देखिएको समस्या रास्वपाले मात्रै निकास दिने दाबी गरेका छन् ।
भेलामा हरिमोहन भण्डारी, कांग्रेसका पूर्व पाटन नगर सभापति मानबहादुर ऐर, जेनजी अगुवा विशाला भट्ट लगायत ३ सय बढीले पार्टीमा प्रवेश गरेको संस्थापक महामन्त्री जोशीले बताए ।
पार्टी एकता भएपछि राष्ट्रिय राजनीति, पार्टीको नीतिका बिषयमा जानकारी गराउन भेलाको आयोजना गरिएको जोशीले बताए ।
रास्वपा बैतडीका सभापति भीम नाथको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।




