बैतडी –जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक अन्दाजी ३२ बर्षीय हरिसिंह ऐरीको मृत्यु भएको छ । मुगुस्थित हनुमानध्वज गुल्म, हुटु रारादेखि भुलभुलेसम्म सैनिक पु¥याउन गएको जिप फर्किने क्रममा दुर्घटना हुँदा ऐरीको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।
बैतडीको पाटन नगरपालिका–४ चिल्लेपानी घर भएका चालक ऐरीलाई मुगु अस्पतालले सोमबार बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो । न १ झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आल्लाधुना खोलाको मोडमा दुर्घटनामा परेको थियो ।
आइतबार बेलुकी ७ बजे जिप दुर्घटनामा परेको थियो । त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । बोलेरो सडकदेखि २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका ऐरीलाई राति १० बजे नै मुगु अस्पतालमा पु¥याइएको थियो ।
मृतक ऐरीको शव नेपाली सेनाको एयर एम्बुलेन्समार्फत उनको घरमा पुर्याइएको छ । उनको भोलि अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
मृतक ऐरीको घरमा श्रीमती,दुई छोरा, आमा–बुवा र दुई दाजु रहेका छन् । ऐरीको अल्पायुमै मृत्यु भएपछि चिल्लेपानी गाउँ शोकमा डुबेको छ ।




