Sagun Khabar
सशस्त्रका डिएसपी कुँवरद्वारा विणेश्वर माविमा अक्षयकोष स्थापना 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका–३ नकालीस्थित विणेश्वर माविमा अक्षयकोष स्थापना गरिएको छ । 

विद्यालयको ४७ औं बार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल, ५१ नम्बर गुल्म हेडक्वाटर, बैतडीका गुल्मपति एवं सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरले अक्षयकोष स्थापना गरेका हुन् । 

बुवा गोविन्द कुँवर र आमा बिर्मा कुँवरको नामबाट विद्यालयमा ५५ हजार ५५५ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक कुँवरले बताए । 

उक्त अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई हरेक बर्ष छात्रवृति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक विरेन्द्र कुँवरले बताए । 

यसैबीच विणेश्वर मावि नकालीको ४७ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ । 

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक विरेन्द्र कुँवरले विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कक्षा १० सम्मको पढाइ हुने विणेश्वर माविमा हाल २ सय ३२ जना विद्यार्थी अध्ययनरत रहेका छन् । 

बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update