Sagun Khabar
बैतडीमा ७ जना यात्रु सवार जिप दुर्घटना,३ जना घाइते

बैतडी - बैतडीमा जिप दुर्घटना हुदा ३ जना घाइते भएका छन ।

डडेल्धुराबाट बैतडीको पाटन नगरपालिका ७ किम्तोलीतर्फ जाँदै गरेको सुप प्र ०१ ००१ ज १३०७ नम्बरको बेलोरो जिप पाटन नगरपालिका १ को चुल्लेक भन्ने स्थानमा दुर्घटना हुदा ३ जना घाइते भएका बताइएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घाइते हुनेमा पाटन-१ डङ्सिलीका १९ वर्षका करन सिंह ऐरी, सोही ठाउँका  अन्दाजी १८ वर्षकि मनीसा ऐरी र पाटन -७ किम्तोलीकी  ५५ वर्षकि दुरादेवी चन्द रहेकी छन् ।

घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ । जीपमा चालक पाटन-७ किम्तोलीका २५ वर्षका बाशुदेव ठगुन्ना सहित ७ जना सवार रहेका बताइएको छ । अन्य सकुशल रहेका छन ।

बेलोरो जीप मङ्गलबार साझ करिब साढे  ६ बजेको समयमा दुर्घटना भएको बुझिएको छ । सडकबाट अनियंत्रित भई दुर्घटना परेको जीप करिब १५ मिटर तल खसेको र रुखमा अट्किएको प्रहरी स्रोतमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update